१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ

काठमाडौं-  ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि पुगेका डिएसपी केसीलाई सनम हत्या प्रकरणमा थप अनुसन्धानका लागि भन्दै मोरङ प्रहरीले पक्राउ गरेको हो। उनलाई मोरङ जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिइएको छ। आइतबार पक्राउ परेका डिएसपी केसीविरुद्ध कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धानका लागि म्याद लिइएको छ।

गत फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारी अनुसन्धानलागि डिएसपी केसीको टोली  मोरङ पुगेको थियो । महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी केसी र सर्य बालकृष्ण सञ्जेलको शंकास्पद भूमिका देखिएको भन्दै गृहमन्त्रालयले तीनै जनालाई प्रहरी प्रधानकार्यालय तानेको थियो । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले ३३ केजी सुन काण्डमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत लगाय २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । छानवीन समितिले खोजिगरिरहेका एसएसपी श्याम खत्री फरार भएपछि उनको गाडी चालक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ । सुन तस्करीमा चालक खड्काको समेत संलग्न देखिएको भन्दै पक्राउ गरिएको हो।

 

प्रकाशित: १६ वैशाख २०७५ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App