३ चैत्र २०८१ आइतबार
image/svg+xml ६:५६ पूर्वाह्न
समाज

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु,४ घाइते

भारतको महाकुम्भ मेला स्नान गरेर फर्किँदै गरेको गाडी भारतमा दुर्घटना हुँदा नेपालका तीन जनाको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा गाडीमा सवार देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेका प्रहरीले जनाएको छ।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।  

भारतमा भएको दुर्घटना भएका कारण जानकारी लिने क्रममा रहेको प्रहरीले जनाएको छ। 

थप विवरण आउन बाँकी रहेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८१ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App