१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञातसमूहको गोली प्रहारबाट आचार्य श्रीनिवास घाइते

मोरङ – बिराटनगर महानगरपालिका– १४ स्थित जतुवामा गोली चल्दा एक जना घाइते भएका छन्। जतुवामा रहेको रामजानकी मन्दीरमा आज (आइतबार)बाट सुरु हुनलागेको श्रीमद भागवत सप्ताहमा कथा बाचनका लागि सुनसरीको चरकघर्तिबाट आएका श्रीनिवास आचार्य माथी गोली प्रहार भएको छ।

आचार्यको बायाँ कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बिष्णहरि कोइरालाले बताए। कोइरालाका अनुसार आइतबार बिहान दुई बजेतिर सौच गर्न निस्किदा आचार्य माथी गोली प्रहार भएको थियो।

अहिले उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App