४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले यस्तो कुरा बताएका हुन।उनले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताए । 

उनले गौरा पर्वले मर्याद,सद्भाव,आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए। उनले पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताए। 

उनले आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने बताए । उनले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको बताए ।

उनले संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको बताए ।उनले पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउन आवश्यक रहेको बताए । उनले गौरा पर्वले एकता,सद्भाव र मेलमिलापको कुरा गरेको बताए । 

प्रकाशित: १० भाद्र २०८१ १८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App