७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

२०८१ साल वैशाख २६ गते बुधबारको ग्रहफल

मेष राशिः बोलेको कुरा पुग्ने समय आएको छ। सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्नेछ।

वृष राशिः स्वजनबाट उपहार आउने हुनसक्छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। पेटमा सामान्य समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउनेछ। टेक्निकल उद्योगमा लगानि गर्दा शुभ हुन्छ। 

मिथुन राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायमा लगानी गरे कम लाभ हुने देखिन्छ। अध्यापनमा सफलता मिल्नेछ। धन ढिला प्राप्त हुनेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। 

कर्कट राशिः पढाईमा कार्यसिद्धिको योग छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरूको सहयोग लिएर काम नगरी आफै कार्य गर्नुहोला। सामाजिक पद, सम्मान मिल्नेछ। 

सिंह राशिः विद्यार्थीहरूकालागि पढाई राम्रो हुने दिन छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। तर उन्नती प्रगति प्राप्तीमा स्वास्थ्यले केही असर गर्दैन। नयाँ व्यक्तिहरूको कार्यबाट सामान्य बाधा हुनसक्नेछ। व्यापारमा फल प्राप्त हुनेछ।

कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नुहोला। बिलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमि सम्बन्धि काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। 

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्नेछ। यात्रा गर्दा दिनको शुरुमै गर्नुहोला। सामान्य मतभिन्न हुनसक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। वित्तीय क्षेत्रमा कम सफलता मिल्नेछ। 

वृश्चिक राशिः अग्रजलाई सामान्य रोग देखा पर्न सक्नेछ। स्वदेश यात्राको योग रहे पनि विचार पुर्‍याउनु उपयुक्त हुनेछ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ।

धनु राशिः परिवारमा लगानी हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुनेछैन। 

मकर राशिः पुरानो धन प्राप्त हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरूबीच शुभ सम्बन्ध रहनेछ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उन्नति हुने दिन छ ।

कुम्भ राशि: घर परिवारमा प्रेम सद्भाव रहनेछ। व्यापार व्यवसाय गर्नेहरूलाई राम्रो छ। वैदेशिक यात्रामा दिन राम्रो छ। सामान्य उदर रोग देखिन सक्छ। कला र साहित्य क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ।

मीन राशि: साथीसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर रोग देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला। मध्यम फल प्राप्तिको योग छ।

प्रकाशित: २६ वैशाख २०८१ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App