६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम बिष्टले जानकारी दिए।

मृत भेटिनेमा २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा रहेका छन्।  कलेशु चौधरीका दुई छोरी घरको माथिल्लो तलाको धुरीमा एकै साथ झुन्डिएको अवस्थामा फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।

उनका अनुसार दिदी ग्यास्टिक र मुटुको बिरामी थिइन् भने बहिनी डिप्रसनको बिरामी रहेको उनले बताए। दुबै जनाले टिनले छाएको आफ्नै घरको सुत्ने कोठाको बल्लीमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका बताएको छ।

बिहान सधैँ योगा गर्न जाने गरेकी श्रीमालुलाई बोलाउन आएकी साथीले सबैभन्दा पहिले दिदी बहिनी झुन्डिएको अवस्थामा देखेको उपरीक्षक विष्टले जानकारी दिए।

घटनास्थलमा आफै पुगेका प्रहरी उपरीक्षक विष्टले प्रारम्भिक अनुसन्धान हेर्दा  अात्महत्या नै भएको बुझिएको बताएका छन्। झुन्डिनुको कारण भने पत्ता लाग्न नसकेको उनको भनाई छ। जेठी छोरीले ४ वर्ष देखि ग्यास्ट्रिक र मुटु रोगको औषधी खाने गरेको र कान्छीले डिप्रेसनको औषधि खाने गरेको बुवा कलेशुलाई उदृत गर्दै प्रहरी उपरीक्षक  विष्टले भने।

कलेशुको  दुई छोरा र तीन छोरी मध्य एक छोरीको बिहे भैसकेको थियो।

प्रकाशित: २७ चैत्र २०८० ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App