५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

लुगांबाट साँफेतर्फ गइरहेको से १ ज ४ सय २९ नम्बरको जिप बिहान ९ बजेर ५० मिनेटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका ४ बस्ने गजेन्द्र खड्काका १७ महिनाको छोरा इसान खड्काको मृत्यु भएको उनले बताए।

जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ४ बस्ने २३ वर्षीय अनिशा खड्का,  अछाम चौरपार्टी ५ बस्ने ८ वर्षीय स्माइल रावल र ११ वर्षीय आयुश खड्का रहेका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App