६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बागमतीमा अहिलेसम्म ३३९ मत खस्यो

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हालसम्म ३३९ मत खसेको छ। स्थानीय तह र प्रदेशको गरी कुल ३४७ मतदाता रहेकोमा ३३९ मत खसेको हो।

स्थानीय तहमा २३७ मतदाता रहेकोमा २३३ मत खसेको छ भने प्रदेश सभातर्फ ११० मतदाता रहेकोमा १०६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान प्रक्रिया जारी छ।

बागमती प्रदेशबाट ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हेटौँडा ४ स्थित भुटनदेवी माविमा रहेको निर्वाचन केन्द्रमा मतदान जारी छ।

प्रकाशित: ११ माघ २०८० ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App