५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जानकी मन्दिरमा आज सवा लाख दियो बालिने

जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बालिने भएको छ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने कार्यक्रम रहेको छ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको छ।

जानकी मन्दिरमा आज साँझ दियो बालिने र विशेष आरती हुने भएकाले मन्दिरको सरसफाइ लगायतको सम्पूर्ण तयारी पूरा भएको छ।

राम मन्दिरको उद्घाटनको दिन दुबै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ। साथै प्राण प्रतिष्ठामा सहभागी हुन मन्दिरका महन्त लगायतका साधुसन्त पनि अयोध्या पुगेका छन्।

प्रकाशित: ८ माघ २०८० ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App