१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

‘त्रिशूलीमा खसेको गाडीका चालक अर्को गाडी चढेर गए’

जिल्ला प्रहरी कार्यालय चितवनले त्रिशुली नदीमा खसेको बोलेरो जिपका चालक सकुशल रहेको बताएको छ।

चितवनका प्रहरी प्रवक्त डिएसपी श्रीराम भण्डारीका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन।

उनले भने, 'प्रत्यक्षदर्शीले हामीलाई गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको जानकारी दिए। गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको उनीहरुले हामीलाइ जानकारी दिएका छन्।'

आज बिहान त्रिशूलीमा भारतीय नम्बर प्लेटको सिङ्गल क्याबिनको बोलेरो गाडी खसेको छ। त्यो गाडी अहिले पनि नदीमै छ। यो दुर्घटनामा अहिलेसम्मको कुनै पनि मानवीय क्षति भएको पाइएको छैन।

प्रकाशित: २ माघ २०८० ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App