१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवा – रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुन्जे गाउँ क्षेत्रमा २२६ वटा भूकम्प प्रभावितका लागि आवास निर्माण गरिदिएको कालिका गापाका अध्यक्ष सीता अधिकारीले बताए।

जिल्ला दैवी प्रकोप उद्धार समितिको सहमति र नेदरल्याण्ड्सको कोराड नामक संस्थाको आर्थिक सहयोगअन्तर्गत रु १२ करोड २१ लाखको लागतमा ३८१ वटा आवास निर्माण गरी संस्था रसुवा जिल्लाबाट बाहिरिएको लुमन्तिका परियोजना संयोजक प्रवेश खनालले बताए।

उनका अनुसार स्थानीय तहलाई विपद् व्यवस्थापनअन्तर्गत रु ९२ लाख ५६ हजार र सहकारी संस्थालाई सहयोगस्वरुप रु ९ लाख ९३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ।  (रासस)

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App