५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अवैध उत्खनन रोक्न गाउँपालिकाको माग

सर्लाहीको एक पालिकाले बिचौलियाको मिलोमतोमा बागमती र एकारसी नदीको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको भन्दै रोक्न माग गरेको छ। सर्लाहीको बसबरिया गाउँपालिकाले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई औपचारिक पत्र पठाई अबैध रूपमा भइरहेको नदीको दोहन रोक्न माग गरेको हो।

गाउँपालिकाले मंगलबार औपचारिक पत्र लेखेर बागमती नदी र एकारसी नदीमा नदीजन्य पदार्थ गिटी, बालुवा लगायतका सामग्रीहरू अनधिकृत रूपमा उत्खनन भइरहेको जनाएको छ। अवैध रूपमा भइरहेको उत्खननले बाढीको जोखिम बढाएको र गाउँपाकिलाले नदीजन्य पदार्थ निकासीको ठेक्का लगाउने कार्य हालसम्म नगरेकोले दोहोरो अवैध दोहन भइरहेको पालिकाले जनाएको छ।

केही बिचौलिया र ठेकेदारको मिलोमतोमा दुवै खोलामा झरना मेसिन, जेसिभी, एक्साभेटर र ट्रयाक्टर प्रयोग गरी उत्खनन गर्ने अवैध कार्य भइरहेकोले रोक्का गर्न र प्रशासनिक सुरक्षा व्यवस्था मिलाउन पालिकाले जिसस र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।

प्रकाशित: १८ पुस २०८० ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App