१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालकुमारी घटनालाई लिएर डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बन गर्ने तयारी

सरकारले सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने तयारी गरेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकमा उनीहरुलाई निलम्बन गर्ने छलफल भएको श्रोतले बताएको छ।

शुक्रबार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा (डिएसपी) उमेश जोशी फिल्डमा खटिएका थिए। उक्त घटनामा उनीहरुले संयमता नअपनाएको भन्दै निलम्बन गरेको तयारी गरेको बताइएको छ।

त्योसँगै घटनामा मृतक वीरेन्द्र शाह र सुजन राउतको परिवारलाई १० लाखको दरले क्षतिपूर्ति दिने पनि छलफल भएको बताइएको छ। 

शुक्रबार ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।  

प्रकाशित: १४ पुस २०८० ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App