८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगरमा एक महिलाको शव फेला

विराटनगर महानगरपालिका-१२ स्थित पाञ्चालीमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। शनिबार बिहान कलेज जाने बाटोछेउमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया वन्दना मगर मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

उनले भने, ‘शव फेला पर्दा पहिचान खुल्न सकेको थिएन। पहिचान खोज्दै जाँदा मृतक मगर विराटनगर बसपार्कको एक होटलकी मजदुर रहेको खुलेको थियो।’

मृतक मगरको घर विराटनगर १४ र माइती सुनसरीको चकरघट्टी हो। केही समयदेखि उनी पतिसँग अलग भएर बसपार्कको एउटा होटलमा काम गर्दै आएकी थिइन्। प्रहरीका अनुसार उनका पति बस मजदुर र एक छोरा चकरघट्टीमा मामा घरमै बस्दै आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ मंसिर २०८० ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App