१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–७ मा सवारी दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ।

आइतवार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरीमा दुर्घटना हुँदा झापाको दमक नगरपालिका–५ का ३५ वर्षीय सानेकुमार राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

पूर्वतर्फ जाँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटर सडकमा रोकेर राखेको प्रदेश १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।  

उनका अनुसार दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक राईलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।  

ट्याक्टर र चालक मोरङको उर्लाबारी नगरपालिका–३ का ४३ वर्षीय कर्णबहादुर याक्खालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

स्कुटर चालकको साथमा सवारी चालक अनुमति पत्रलगायतका कागजात फेला परेन। स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८० ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App