६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आज गुरु नानक जयन्ती, राष्ट्रपतिले दिए शुभकामना

शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ।

गुरु नानक जयन्तीका अवसरमा राजधानीका विभिन्न स्थानमा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भन्डारा गराइने कार्यक्रम रहेको छ।

गुरु नानकको जन्म वि.सं. १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो। उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’ को रचना गरेका हुन्। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उनले गराए।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरुद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन्।  

शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उनले जारी गरेको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८० ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App