४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पचहत्तर बिघाको धान बाली हात्तीबाट सुरक्षित

मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल  भएका हुन।

सौर्य उर्जाबाट उत्पादन गरेको बिद्युत प्रभाव गरेर बाकस माध्यमबाट गरिएको विद्युतिय तारबारले हात्तीबाट हुने नोक्सानी रोक्न सक्दा किसान खुसी भएका छन्।

पाईलट प्रोजेक्टका रुपमा उज्यालो नेपाल र बाह्य दातृ निकायको सहयोगमा गरिएको बिद्युतिय तारबार सफल भएको स्वयम किसान बताउँछन्।सौर्य उर्जाबाट उत्पादन भएको बिद्युतलाई ईन्जिक्टर माध्यमबाट प्रबाह गर्दा हात्तीलाई रोक्न सकिएको किसान हाउँ थारुले बताए।

‘हामीहरुको निकुन्जको छेउछाउँ बस्ती हुदा हात्ती रोक्न साह्रै गाह्रो थियो,’उनले भने,‘कम खर्चमा सौर्य उर्जाबाट उत्पादन भएको बिजुली प्रबाहमा पर्दा हात्ती धपाउँन सजिलो भएको हो।’यसअघि ठूलो खर्चमा बिद्युतिय तारबार लगाउँदा वन्यजन्तु र मानव दुबैलाई जोखिम भएको उनले बताए ।‘ईन्जिक्टर सिस्टमबाट बिद्युत प्रबाह गर्दा वन्यजन्तु र मानब सुरक्षित हुने देख्यौ,’उनले भने,‘यो प्रबिधिबाट भएको बिद्युत प्रबाह लगातार बिद्युत प्रबाह नर्गने हुदा ,भट्का भट्का बिद्युत प्रबाह गर्दा लट्टि पनि नभाचिने र सर्प पनि मर्ने जस्तै भएको छ।’बासको खाबो बनाएर जडान गरिने तारबारले गर्दा किसानलाई तारबार गर्दा कर्म खर्च आएको हाउँ बताउँछन्।

गाउँ आएको जंगलि हात्ती धेरै पटक तारबार कै कारण फर्किएको उनको भनाई छ ।मधुवन २ रजौरामा पाईलट प्रोजेक्टका रुपमा लागु गरिएको बिद्युतिय प्रबिधि सफल भएको उज्यालो नेपालका पदाधिकारी रमेश कुमार थापाले बताए।  

तारबार गरिएको स्थानमा निगरानी र रेखदेख जरुरी भएको उनले औल्याए ।तारबार लगाउँन भन्दा पनि संरक्षण महत्वपूर्ण रहेको उल्लेख गर्दे हात्ती आएमा गाउँलेले धपाउँन पर्ने भएपनि गाउँले जाग्राम भएर हात्ती धपाउँन परम्परा यस प्रबिधिले मुक्त गर्ने उनले बताए । साढे तीन लाख लागतमा प्रबधि जडान गर्न सक्ने उनी बताउँछन्।

आफ्नो धानबाली जोगाउँन खेतमा लगाएर जोगाउँन सकिने र बाली अनुसार बेला बेलामा निकालेर फेरी लगाउँन सक्ने गरी बिद्युतिय तारबार जडान गरिने उनले जानकारी दिए ।मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्न बिद्युतिय तारबारको उल्लेख्य योगदान हुने थापाले बिश्वास व्यक्त गरे।  

पाईलट प्रोजेक्टका रुपमा रजौरामा गरिएका तारबारको परिक्षण सफल भएको भन्दै निकुन्जका क्षेत्रमा यो प्रबिधि विस्तारको योजनामा निकुन्ज रहेको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।  

प्रकाशित: १९ कार्तिक २०८० १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App