१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।

नेपाल टेलिकमले आज विज्ञप्ति निकाल्दै सूचना आदान प्रदानलाई निरन्तरता दिन त्यस क्षेत्रमा टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । साथै टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा  टेलिफोन, एएमएस र वाईफाई निशुल्क  सहितको नयाँ सिम पनि वितरण गर्ने जनाएको छ । यसका लागि सुर्खेत ,रुकुम पूर्व र पश्चिम तथा जाजरकोट कार्यालयबाट उपलब्ध हुने बताएको छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु भईरहेको पनि नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले भूकम्पमा परि ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली र शान्तिको कामना गरेको छ। जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन। 

प्रकाशित: १८ कार्तिक २०८० ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App