६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अन्नपूर्ण आधार शिविरबाट फर्के राष्ट्रसङ्घका महासचिव गुटेरेस

तस्बिरसहित

तस्बिर सौजन्यः रासस

नेपाल भ्रमण रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरबाट फर्केका छन्।

उनी आज बिहानै अन्नपूर्ण आधार शिविर गएका थिए। महासचिव गुटेरेसले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गरेका छन्। साथै स्थानीयसँग प्रत्यक्ष छलफल पनि गरेका छन्।

उनलाई स्थानीय बासिन्दाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।  

दुई दिनको पोखरा भ्रमण सकेर आज लुम्बिनीतर्फ लागेका महासचिव गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिदाई गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८० ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App