७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबारी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने ९गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक० ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए।

उनका अनुसार प्रधान र तामाङलाई काठमाडौँ टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App