४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

एउटै कैदीबन्दी दोस्रो पटक फरार

फाइल तस्बीर

एउटै कैदीबन्दी दोस्रो पटक फरार भएका छन्। ठाकुरबाबा नगरपालिका–८ का अजिब बुढाक्षेत्री आइतबार बिहान ३ बजे कारागारबाट फरार भएका हुन् । बुढाक्षेत्रीले दोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएका छन्।  

बुढाक्षेत्रीले ०७२ साल चैत ५ गते राती घरमा सुतिरहेका ६९ वर्षिय जोरे थापालाई गड्सा प्रहार गरि हत्या गरेका थिए। हत्या गरेको आरोपमा प्रहरीले बुढाक्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो। २५ औं दिनमा बयानको लागि अदालत लैजाँदा शौचालय गर्न जान्छु भनि अदालतको शौचालयको भेन्टिलेशन भत्काएर प्रहरीलाई झुक्काएर बुढाक्षेत्री फरार भएका थिए। फरार भएलगत्तै खोजतलास गरेपनि पक्राउ गर्न प्रहरी असफल भएको थियो।  

फरार भएका बुढाक्षेत्रीलाई प्रहरीले ७ वर्षपछि गतवर्ष कार्तिकमा पक्राउ गरेको थियो। ०७३ सालपौष २४ गते जिल्ला अदालतले गरेको आदेशले कर्तव्य ज्यान मुद्दामा क्षेत्रिलाई १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दासमेतमा गरी ३० बर्ष कैद सजाय तोकिएको थियो।  

कारागार कार्यालयको छतबाट हामफालेर पर्खालबाट बुढाक्षेत्री भागेको प्रहरी उपरीक्षक सुधिरराजशाहीले जानकारी दिए। प्रहरी उपरीक्षककाअनुसार फरार भएका बुढाक्षेत्रीलाई खोजतलासगर्न व्यापकप्रहरी परिचालनभएको छ।

प्रकाशित: १७ भाद्र २०८० ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App