१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्वीर

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ। शनिबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ। उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए।

कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले बताए। बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ।

प्रकाशित: १७ भाद्र २०८० ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App