५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसमा सार्वजनिक बिदा

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले बताए। उनका अनुसार कर्णाली प्रदेश सरकारको २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषदको बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

२०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमांकनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो। आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले शहादत प्राप्त गरेका थिए। उनीहरूको शहादतपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं. प्रदेश घोषणा गरेको थियो।  

प्रकाशित: ४ भाद्र २०८० ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App