७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बर्षाद्का दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने

बर्षादका २ महिना बाजुरामा खाद्यन्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ। असार देखि असोजसम्म जहिले नै खाद्य डिपोमा खाद्यन्न नपाइने समस्या यो वर्ष नहुने कार्यालयले दाबी गरेको छ।  

बाजुराका लागि ढुवानी गरेको खाद्यन्न नै २ महिना पुग्ने गरि मौजाद अवस्थामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराका प्रमुख मेखराज ओझाले बताएका छन्। मार्तडी र कोल्टी डिपोमा आवश्यक मात्राको खाद्यन्न मौजाद अवस्थामा रहेको कार्यालय प्रमुख ओझाले बताएका छन्।

कोल्टीमा १२ सय २९ र मार्तडीमा १२ सय क्वीन्टल चामल मौजाद छ । कोल्टीले केही दिन विक्री बन्द गर्ने सूचना जारी गरेपछि खाद्यन्न अभाव हुने सर्वसाधारणले आशंका गरेका थिए। तर कारणवश गलत सर्कुलरमा कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले खाद्यन्न विक्री बन्द गरिएको सूचना जारी गरेपनि अभाव हुने अवस्था नभएको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ।    

बर्षाद बढी हुने र ढुवानीमा समस्या हुने साउन र भदौ दुबै महिनाका लागि खाद्यन्न पुग्ने दाबी कार्यालयको छ। २ हजार ४ सय बढी क्वीन्टल चामल मौजाद छ। बजारमा पनि चालमको अभाव छैन्। मार्तडीसम्म यो वर्ष सडक अवरुद्ध भएको छैन्। असोजसम्मका लागि हुनै अभाव हुदैन्, प्रमुख ओझाले भने।  

असोज पछि खाद्यन्न सकिने अवस्था आउन सक्छ, त्यतिबेलासम्म मार्तडी कोल्टी सडक पनि सुचारु हुने, नयाँ ढुवानीका लागि टेण्डर पनि खोलीसक्ने हुँदा यो वर्ष अभाव कुनै हालतमा पनि हुदैन्, हुन नदिने गरि व्यवस्थापन गरिएको ओझाले थपे। दशैं तिहारसम्म नयाँ खेती पाकी पनि सक्ने र कुनै व्यवस्थापन भइसक्ने हुँदा अहिले कुनै समस्या नभएको कार्यालयले बताएको छ।  

कोल्टीमा ३ दिन यता बन्द गरिएको खाद्यन्न वितरण कार्यपनि पुनः सञ्चालन गरिएको छ। कार्यालय प्रमुख भीमबहादर बुढा परामर्श तथाा छलफलका लागि मार्तडी आउने काम परेपछि सर्कुलर बारे जानकारी नभई स्थगीतको सूचना जारी गरेका थिए। लगत्तै जिल्ला कार्यालयले खुला गर्न निर्देशन सहीत वितरणमा चामलको मात्रा तोक्ने र बन्द गर्ने कुनै काम नगरिने कार्यालयले बताएको छ।  

बाजुरामा बर्षेनी बर्षादको बेला ढुवानी समस्या देखाएर खाद्यन्न अभाव गराउने गरिएको थियो। खाद्य कार्यालयको चामलकै भरमा बस्ने परिवारलाई लागि अर्को विकल्प नहुँदा सास्ती बेहोर्नु पर्ने अवस्था हुन्थ्यो तर यो वर्ष कुनै समस्या र अभाव हुने दाबी कार्यालयको छ। 

प्रकाशित: १८ श्रावण २०८० ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App