१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पुरुषको शव फेला

बागलुङमा एक पुरुषको शव फेला परेको छ। गलकोट नगरपालिका-५ भैंसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका-३ हटियामा डेरा गरी बस्थे।

पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशंका गरिएको गलकोट नगरपालिका-५ का वडाध्यक्ष पवन हमालले बताए।

प्रहरी र स्थानीयको रोहवरमा शवपरीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० असार २०८० ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App