१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा चट्याङ लागेर एकको मृत्यु

फाइल तस्वीर

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शनिबार राति साढे ११ बजेको समयमा ढुंगा-माटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए। घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो। उनलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

प्रकाशित: १० असार २०८० ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App