५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित

तस्बिर :निमेष अधिकारी

सडक किनारमा काठमाडौं महानगरपालिकाले पार्किङ गर्न नदिएको विरोधमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । ट्याक्सी व्यवसायीहरुले काठमाडौ महानगरपालिका अगाडि खाली ट्याक्सी तेस्याएर विरोध जनाएका छन्।

त्यसैगरी महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरुले विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् । ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो।अहिले ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि बसिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको भन्दै पार्किङ दिन नमिल्ने ठाउँमा बोर्ड हटाएको बताएको छ।ट्याक्सी व्यवसायीहरुले भने महानगरपालिका र ट्राफिक मिलेर सबैतिर ट्याक्सीलाई पार्किङ गर्न रोक लगाएको आरोप लगाएका छन। 

प्रकाशित: २४ वैशाख २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App