५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी पौडेल जनसेवा श्री पदकबाट सम्मानित

पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।  

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण  अधिकार पत्रले सम्मान गरिएको गरिएको हो। राष्ट्रपतिले २०७९ सालको संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए।  

नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्। नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए। पौडेल भ्रष्टाचार विरुद्ध तथा आर्थिक क्षेत्रमा खोजमूलक समाचार लेख बापत बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड, सेजन अवार्ड लगायतबाट विभिन्न पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेका छन्।

प्रकाशित: १ वैशाख २०८० ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App