१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सैनिक प्रमुखकाे भेलामा सहभागी हुन प्रधानसेनापति फिलिपिन्स जाने

काठमाडाैं– एशियाका सैनिक प्रमुखको भेलामा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा उच्च सैनिक टोली फिलिपिन्स जाने भएकाे छ।

अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिन्स सेनाले संयुक्त रुपमा मनिलामा आयोजना गर्न लागेको एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको वार्षिक सम्मेलन २०१६ मा सहभागी हुन शनिबार जाने भएका हुन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तीन सदस्य रहने उक्त भ्रमण दलले दक्षिण कोरियाको सियोलमा रिपब्लिक अफ कोरिया आर्मीले आयोजना गर्ने  प्रतिरक्षा सामाग्री प्रदर्शनी डिफेन्स
एकस्पोमा सहभागी हुनेछ।

जंगी अड्डाले क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी वलदेव राज महतलाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेबारी दिएको छ। भ्रमण दल  भदौ २६ मा नेपाल फिर्ता हुनेछ। सैनिक प्रमुखको भेला भदौ २० देखि २२ सम्म र डिफेन्स एक्स्पो भदौ २२ देखि २५ सम्म आयोजना हुँदैछ।

प्रकाशित: १७ भाद्र २०७३ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App