१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रूपैयाँले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ४५ रूपैयाँ निर्धारण भएको छ।

प्रकाशित: १३ आश्विन २०८१ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App