१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

जनकपुर–घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई बन्चरोले हानेर हत्यागर्ने धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय कुशे साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

तीनदिन अगाडि घाँस काट्न भनेर घरबाटैसँगै गएका कुशे साँझ एक्लै घर फर्केपछि उनकी पत्नी सुन्दरकलाको खोजी सुरु भएको थियो। छिमेकी र सुन्दरकलाको माइती परिवारले सोधीखोजी गर्दा घाँस काट्ने ठाउँबाट उनी आफू भन्दा पहिले घर जान लागेको भनेर निस्केको र बाटोबाट हराएको कुशेले भन्दै आएका थिए ।

माइती पक्षको उजुरी आधारमा आइतबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर र ढल्केवरबाट संयुक्त टोली खटेर महेन्द्र राजमार्ग छेउको बर्दिया जंगलबाट सुन्दरकलाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटीको बायाँ भागमा बन्चरोले हानेर सुन्दर कलाको हत्या गरी दाउराले छोपेर जलाउने प्रयास पनि गरिएको तर, शवजल्न नपाएको अवस्थामा फेला परेको प्रहरीले जनायो ।

आइतबारै पक्राउ परेका कुशे आफैंले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्वीकारेको डिएसपी नकुल पोखरेलले जनाए। घटनावारे थप अनुसन्धान सुरु गरेको पोखरेलले बताउँदै पोखरेलले घरेलु हिंसाका घटनालाई विस्तृत अनुसन्धान गरी यस्तो प्रवृतिलाई निरुत्साहित गर्न प्रहरी सक्रिय भएको दाबी गरे ।

 

प्रकाशित: ३० श्रावण २०७३ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App