५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टचार अन्त्यका लागि एमालेको सरकार आवश्यक छः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरीय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगायतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको बताए।

उनले अहिलेको मुख्य कार्यभार राजनीति स्थायित्व रहेकाले पनि राजनीतिक स्थायित्व नभई देश अघि बढ्न नसक्ने बताए।

राष्ट्रियहितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उनको भनाइ छ।वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राखे।

प्रकाशित: २५ कार्तिक २०७९ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App