४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललितपुर क्षेत्र नं. ३(क)मा विवेकशील साझाका केसीको उम्मेदवारी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।  

ब्रिटिस कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्।

देशको राजनीतिक विकृतिलाई नजीकबाट महसुस गरेको र जनताले विकल्प खोजीरहेकोले आफूले उम्मेदवारी दिएको उनले बताए।  

शिक्षण पेशा तथा व्यवसायमा आवद्ध केसी वैकल्पिक राजनीतिमा साधारण सदस्यबाट ललितपुर जिल्ला नेतृत्व हुँदै वाग्मती प्रदेश सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। उनी केन्द्रीय समितिमा रहेर विभिन्न नीतिगत तथा अन्य अभियानहरूमा नेतृत्वदायी भूमिकामा छन् ।

उनले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, इनफ इज इनफ अभियान, महिला हिंसाविरुद्धको अभियान, नेपाल खुला छ जस्ता अभियानमा पनि सक्रियता जनाउँदै आएका छन् ।

केसी ०७२ सालको नाकाबन्दीपछि राजनीतिमा होमिएका हुन्।  

प्रकाशित: २४ आश्विन २०७९ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App