५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशील अभियानले घोषणा गर्यो 'मिसन बागमती',चुनाव चिन्ह ‘पाइला’

विवेकशील अभियानले मिसन बागमती घोषणा गरेको छ।  विवेकशील अभियानको तर्फबाट मिलन पाण्डे,आधिकारिक पार्टीको तर्फबाट प्रभाष बस्न्यात र नागरिक अभियानको तर्फबाट जगन्नाथ लामिछाने संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  मिसन बागमती घोषणा गरेको जानकारी दिएका हुन्।

सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित मिसन बागमती घोषणा गरेको अभियानले जनाएको छ।  

मिसन बागमती घोषाण गरेसँगै विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको पनि बताएको छ।  

आगामी निर्वाचनका लागि अभियानले चुनाव चिन्ह ‘पाइला’ लिएको र उक्त चिन्हमा मतदान गर्न पनि बागमती प्रदेशबासीहरूलाई आग्रह गरेको छ।  

आगामी चुनावको लागि २० वर्षीय युवा प्रभाष बस्न्यातले नेतृत्व लिएको साझा पार्टी, नेपाल आधिकारिक पार्टी रहेको अभियानले जनाएको छ। 

प्रकाशित: ४ आश्विन २०७९ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App