७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गच्छदार निर्दोष छ,माधव नेपालको मन्त्रिपरिषद्ले गरेको निर्णय मानेका मात्र हुन्: प्रवक्ता महत

फाइल तस्बिर।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष रहेको बताएका छन्।

आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन प्रधानमन्त्री माधवकुमारको मन्त्रिपरिषद्ले गरेको निर्णय गच्छदारले मानेको मात्र बताए।

महतले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्ले गरेको निर्णय हो र उहाँले प्रधानमन्त्रीको निर्देशन मानेको मात्र हो बालुवाटारको प्रधानमन्त्री निवासको जग्गा सरकारले लिने विषयमा त्यो प्रस्ताव लैजानुभएको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय हुँदैन ।’

प्रकाशित: १९ भाद्र २०७९ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App