६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

शुक्रबार बसेको क्षेत्रीय समिति बैठकले गगन थापालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

समितिले काठमाडौं क्षेत्र नम्बर ४ मा थापाको एकल नाम मात्र सिफारिस गरेको छ।

थापा  २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट नै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई हराएका थिए।  

प्रकाशित: १८ भाद्र २०७९ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App