५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

देश समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।

उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन्।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन्। उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन्। त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित: २० श्रावण २०७९ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App