१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रक्रिया अघि बढाउन एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ। एमाले यो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा लगेर असफल तुल्याउने रणनीतिमा छ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा एमालेका सांसदले सो प्रस्ताव समितिमा पठाउन माग गरेका हुन्। महाभियोग सिफारिस समितिमा एमालेका चारजना, कांग्रेस र माओवादी केन्द्रका दुईदुई जना, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना सांसद सदस्य छन्।

समितिमा एमालेका विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन्। त्यस्तै कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर बिष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया समितिको सदस्य छन्।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धन दलका ९८ सांसदले २०७८ फागुन १ मा संसद् सचिवालयउमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसमा छानबिनका लागि प्रतिनिधिसभाले २०७८ फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको थियो। तर उक्त प्रस्ताव अझै संसद्बाट महाभियोग सिफारिस समितिमा नपठाइएको भन्दै एमालेले अघि बढाउन माग गरेको हो।

यसैबीच प्रतिनिधिसभामा बुधबारदेखि शून्य समय सुरु हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकमा सदस्यहरूले बुधबारदेखि प्रतिनिधिसभा बैठकमा शून्य समय सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने सुझाव दिएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App