६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो। वडा नं १ को ३ सय मत गन्दा कांग्रेसका नगरप्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जनाए।

उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताए। नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र) को गठबन्धन चुनाव लडेको थियो। एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए। नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन्। जसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कुल मतदाता संख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो। एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन्। उनी यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा छन्। 

प्रकाशित: ३१ वैशाख २०७९ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App