१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवनमा ७२ प्रतिशत मत खस्योः अधिकांश पालिकामा मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनमा ७२ प्रतिशत मत खसेको छ। ३ लाख ९७ हजार ६८५ मतदाता रहेको जिल्लामा २ लाख ८५ हजार ७ सय ७१ मत खसेको हो। जिल्लामा उत्साह रुपमा मतदान भएको थियो।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै मतदान कालिका नगरपालिका र सबैभन्दा कम भरतपुर महानगरमा भएको देखिन्छ। कालिकामा ७८ प्रतिशत मत खसेको छ। ११ वटा वडा रहेको कालिकामा २४ हजार ३ सय ४७ जनाले मतदान गरेका छन्। यहाँ ३१ हजार १ सय ४७ मतदाता थिए।

इच्छाकामना गाउँपालिकामा इच्छाकामनामा ७६ दशमलव ६८ प्रतिशत मत खसकेको छ। ७ वटा वडा रहेको इच्छाकामना ११ हजार ९ सय ९६ जनाले मतदान गरेका छन्। इच्छाकामनामा १५ हजार ६ सय ४३ मतदाता थिए। जिल्लाको दोस्रो ठुलो पालिका रत्ननगरमा ७५ दशमलव २१ प्रतिशत मतदान भएको छ। ५२ हजार ६४२ मतदाता रहेको रत्ननगरमा ३९ हजार ४ सय १० जनाले मत दिएका छन्।

खैरहनीमा ७४ दशमलव २४ प्रतिशत मत खसेको छ । ४३ हजार ५ सय ३१ मतदाता रहेको खैरहनीमा ३२ हजार ३ सय २१ जनाले मतदान गरेका थिए। राप्ती नगरपालिकामा पनि उत्साह पुर्वक नै मतदान भएको छ। त्यहाँ ७३ दशमलव २५ प्रतिशतले मत दिएका छन्। ३९ हजार १ सय ४ मतदाता रहेको राप्तीमा २९ हजार ६ सय ३७ जनाले मतदान गरेका छन्।

माडी नगरपालिकामा ७२ दशमलव ३७ प्रतिशत मतदान भएको । २८ हजार ३२० मतदाता रहेको माडीमा २० हजार ४ सय ९५ जनाले मत दिएका थिए। भरतपुर महानगरमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको छ। यहाँ ३ लाख ९७ हजार ६८५ मतदाता थिए। जसमध्ये २ लाख २७ हजार ५ सय ६५ जनाले मतदान गरेका छन्।

समग्रमा हेर्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा चितवनमा कम मत खसेको छ । झण्डै ५ प्रतिशतले कम मत खसेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा चितवनमा ७६ दशमलव ७१ प्रतिशत मतदान भएको थियो।

चितनवमा अधिकांश पालिकामा मतगणना समेत सुरु भएको छ। खैरहनी, राप्ती, कालिका, माडी नगरपालिका र इच्छाकामना नगरपालिकामा मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजा अनुसार राप्ती र कालिका नगरपालिकामा नेकपा (एमाले) अग्रता कायम गरेको छ। त्यस्तै खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले अग्रता लिएका छन्। भरतपुर महानगरपालिकामा भने विहान नौ बजेदेखि मतगणना सुरु हुने भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App