६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडीको डिलासैनी गाउँपालिका–५ का वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। गठबन्धनका तर्फबाट वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदबाट एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ। खुकुरी प्रहारबाट घाइते भएका साउदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए।

घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनास्थलमा प्रहरीको टोली खटाइएको खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइररहेको बताइएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App