१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गैरसरकारी संस्थालाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिए।  

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे। गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो।

गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे। उनले गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको पनि बताए।  

गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए।

प्रकाशित: २ पुस २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App