५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

युवा नेता गगन थापाले खुलाए डा. कोइरालातिर लाग्नुको कारण

युवा नेता गगन थापाले नेपाली काँग्रेसमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेसमा परिवर्तन आवश्यक भएकाले आफूहरुले उम्मेदवारी दर्ता गराएको बताए।

उनले अन्तिम समयसम्म पनि साझा नेतृत्वका लागि प्रयास जारी राख्ने जनाउँदै केही व्यक्ति मात्र नभई सिंगो पार्टीमै परिवर्तन आवश्यक रहेको बताए।

उनले पार्टीभित्रका नेताहरुबीचको बुझाइ फरकफरक भएकाले डा. शेखर कोइरालाको नेतृत्वमा आफू लागेको बताए। उनले डा. कोइरालाको नेतृत्वमा रहँदा काम गर्न सहज हुने भएकाले आफू कोइरालाको टीममा समाहित भएको बताए।

उनले पार्टीमा जुन बद्लाव गर्न लागेको हो, त्यसलाई सहज बनाउने काममा डा. कोइरालाको नृतृत्व ठीक हुनेसमेत उल्लेख गरे।

प्रकाशित: २५ मंसिर २०७८ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App