९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्वोच्चमा पेसी ताेकियाे, सुनुवाइ भएन

सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ  सुरु हुन सकेको  छैन। सुनुवाइका लागि ११ वटा इजलास गठन भएका छन्।

जसमा नौ संयुक्त र दुई एकल इजलास रहेको छ। ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ।

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएका थिए। उनि आज घर फर्किएका छन्।

प्रकाशित: १७ मंसिर २०७८ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App