१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

नवनियुक्त मन्त्रीद्वय शत्रुधन महतो र प्रमोद यादव सपथग्रहण गर्दै। तस्बिरःनागरिक

प्रदेश २ सरकारमा आइतबार नेकपा एकिकृत समाजवादी सहभागी भएका छन्। सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

महतोले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री र यादवले कानुन, न्याय तथा प्रदेशसभा मन्त्री पद्को सपथ लिएका हुन्। महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जसपाका मन्त्री रामनरेश रायलाई गत साता पदमुक्त गरेका थिए। महतो धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन भने यादव सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसद जितेका छन्। प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन्।

केन्द्रिय गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)लाई सहभागी भएका छन्।  प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, समाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी ४ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन्। नेकपा (एस)को भागमा दुई मन्त्रालय परेको छ। प्रदेशसभामा लोसपा प्रमुख प्रतिपक्षी दल बेनेको छ भने नेकपा एमाले विपक्षी दल बनेको छ।

प्रकाशित: ५ मंसिर २०७८ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App