४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अख्तियारले प्रदेश सरकारलाई बदनाम गर्न खोज्यो : मुख्यमन्त्री राउत

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत प्रदेश २ सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएलगतै अख्तियारले छापा मारेको प्रति प्रदेश सरकारले आपत्ति जनाएको छ। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बदनाम गर्न सञ्चारमाध्यमले निकालेको खबरलाई आधार बनाएर अख्तियारले बिना कुनै जानकारी छापा मारेकोमा आपत्ति जनाए। 

बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्रीले राउतले भने केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन्। उनीहरूको चाहनालाई मलजल गर्न अख्तियार माध्यम बनेको उनको आरोप छ।

'मुख्यमन्त्री कार्यालयमा कुनै अनियमितता भएको भए अख्तियारले मसँग कुरा गर्नुपथ्र्यो। तर, अख्तियारले जानकारी बिनै छापामार शैलीमा आएर सरकारलाई बदनाम गरेको छ,’ उनले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रेम कुमार राईलेसमेत यसरी आउनु कमजोरी भएको स्वीकार गरेको मुख्यमन्त्री राउतको दाबी छ।

प्रकाशित: १४ आश्विन २०७८ ००:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App