४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सार्कको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना आग्रह गरेको छ। सोमवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा समाजका प्रतिनिधिले सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले बैठक आयोजना गर्नुपर्ने बताएको हो।  

अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ-आफ्नो देश फिर्तिकालागि सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको हो। यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत समाजले ध्यानाकर्षण गराइएको छ।

मानवअधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादनरनिर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी रहेका थिए।

प्रकाशित: ७ भाद्र २०७८ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App