११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संवैधानिक इजलासमा न्यायाधीशको विषयमा प्रश्न उठाइयो

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस सुरु भएपछि न्यायाधीशमाथि प्रश्न उठाइएको छ। आजदेखि सुरु भएको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता गोविन्द शर्मा बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नहुने भन्दै प्रश्न उठाएका हुन्।  

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजदेखि सुरु भएको हो। रिट निवेदनमा सुनुवाई नसकिए पछि आइतबार निरन्तर बहस हुनेगरी आजका लागि सकिएको छ।  

नेपाल कम्युनिष्ट पार्टीको नाम जोडिएको मुद्दामा न्यायाधीश श्रेष्ठसहितको इजलासले फैसला गरेको थियो। त्यसै कारणले सरकार जोडिएको मुद्दामा न्यायाधीश श्रेष्ठ इजलासमा बस्न नमिल्ने भन्दै अधिवक्ता शर्माले प्रश्न उठाएका थिए।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने न्यायाधीशका विषयमा कुनै प्रश्न नउठाउन आग्रह गरेका छन्।  

गत फागुन २३ मा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त  इजलासले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर गर्दै नेकपा नाम ऋषिराम कट्टेलको पार्टीको हुने फैसला गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०७८ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App