४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, १४औं महाधिवेशन र नयाँ सरकार गठन प्रमुख एजेन्डा

सांकेतिक तस्बिर।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा साेमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसको १४औं महाधिवेशनका सम्बन्धमा छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

उनकाअनुसार बैठकमा कांग्रेसको त्रियाशील सदस्य छानविन समितिले अहिलेसम्म गरेको कामको ब्रिफिङ गर्नेछ। ‘आजको बैठकमा विशेषगरी पार्टीको १४औं महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ। एक नम्बरमा त्रियाशील सदस्य छानविन समितिले अहिलेसम्म गरेको कामको ब्रिफिङ गर्नेछ,’ उनले नागरिकसँग भने,‘दोस्रो नम्बरमा महाधिवेशनको तयारीलाई कसरी छिटो बनाउने भन्ने विषयमा छलफल हुनेछ।’

यस्तै, बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ। ‘स्वभाविक रुपमा प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा भेला भएपछि समसामयिक विषयमा छलफल हुन्छ,’ मुख्यसचिव पौडेलले भने, ‘बैठकको सुरु नै समसामयिक विषयबाट हुन्छ।’

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्नेगरी तयारी गरिरहेको छ। अर्कोतिर नयाँ सरकार गठनका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाइसकेको छैन। नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएपनि पार्टी सभापति शेरबहादुर देउवाले स्पष्ट रुपमा मुख खोलिसकेका छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको भएपनि सरकारमा जान हतार भने नभएको बताउँदै आएका छन्।  

प्रतिनिधि सभा विघटनको कदमपछि तीव्र आलोचित बनेको ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्र अलग भएपछि संकटमा छ।

प्रकाशित: ९ चैत्र २०७७ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App