७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात गर्ने केपी ओली हो : माधव नेपाल

बुधबार ललितपुरको सानेपामा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै नेता माधव नेपाल। तस्बिरः केशव थाेकर/नागरिक

नेकपा एमालेका नेता माधव कुमार नेपालले गुटको सुरुवात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै नेता नेपालले मदन भण्डारी फाउन्डेसनको नामबाट ओलीले गुटको सुरुवात गरेको बताए।

‘मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात उहाँ (ओली) ले गर्नुभएको हो। तपाईंहरु जिल्ला जिल्लामा यसको साक्षी हुनुहुन्छ र पीडित पनि हुनुहुन्छ। यस अर्थमा तपाईं (कार्यकर्ता) हरु पनि पीडित हामी पनि पीडित र पीडित–पीडित एक ठाउँमा भेला भएका छौं। त्यसकारण हाम्रो एकता एकदम बलियो छ किनभने सबैको पीडा, व्यथा, बेदना सबैको समान छ,’ उनले भने।

ओलीले विधि प्रक्रिया मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार गर्ने गरेको नेता नेपालको आरोप छ। आफूहरुले कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ भन्ने विषयमा जोड दिएको उनले बताए।

प्रकाशित: ४ चैत्र २०७७ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App